पृतनापतीलाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पूरै ब्यारेक सील

| 2020 May 17 | 01:08 pm 106

महोत्तरी, जेठ ४ः बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतीलाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेका उक्त ब्यारेकलाई सील गरिएको हो । ब्यारेकका पृतनापतिसंगै अन्य एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो ।

त्यहाँ सेनाका जवानहरूमा संक्रमण बढ्न नदिनका लागि उनीलाई आवतजावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्न भनिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार उनीहरु दूबैजनालाई उपचारका लागि काठमाडौँ पठाइसकिएको जानकारी दिए ।

पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौं पठाइएको प्रजिअ अधिकारीले बताए । उनीहरुको उपचार काठमाडौंस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा चलिरहेको जनाए ।

पृतनापति र चिकित्सक जनकपुरधाम, वीरगन्ज लगायतका स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले बताए । अहिले कन्टाक्ट ट्रेसिंगको काम भइरहेको छ । पृतनाभित्र अस्पताल, विद्यालय लगायतका संरचनाको निर्माण कार्य चलिरहेको थियो। सेनाको पृतनापती मै कोरोनाको संक्रमणपछि ब्यारेक भित्र रहेका सेनामा त्रासको माहौल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.