पृतनापति समन्वयात्मक बैठक २०७७ कात्तिक २ गते देखि ४ गतेसम्म

रिपोर्ट नेपाल | 2020 Oct 16 | 08:55 pm 50

काठमाडौं, असोज ३०ः नेपाली सेनाको जंगी अड्डामा, गत भाद्र महिनामा संचालन गर्ने योजना गरिएको तर कोभिड १९
महामारीका कारण स्थगन भएको पृतनापति समन्वयात्मक बैठक यही २०७७ कात्तिक महिनाको २ गते देखि ४ गतेसम्म आयोजना गरिने जानकारी दिएको छ ।

उक्त सम्मेलनमा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागीता जनाउन बताइएको छ, भने जंगी अड्डाका सहभागीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.