पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

| 2022 Apr 24 | 10:55 am 233

काठमाडौं, बैशाख ११ः मधेशकी पूर्वराज्यमन्त्री एवं लोसपाकी प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । क्यानसर पीडित झाको उपचारको क्रममा गएराति काठमाडौंमा निधन भएको हो ।

संविधानसभा सदस्यसमेत रहेकी झा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन् । उनी लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.