पूर्वमन्त्री विष्टलाई मातृशोक

रिपोर्ट नेपाल | 2021 Jan 13 | 12:19 pm 541

काठमाडौं, पुस २९ः पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गोकर्ण विष्टलाई मातृशोक परेको छ ।

९० वर्षीय चिन्तकला विष्टको मंगलबार साँझ ५ बजे इस्मा गाउँपालिका स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले बताएको छ ।

स्वर्गीय विष्टका पाँच छोरा र दुई छोरी रहेका छन् । पाँच छोरा मध्ये गोकर्ण विष्ट दुई पटक मन्त्री भइसकेका छन् भने अर्का छोरा इस्मा गाउँपालिकाका अध्यक्ष हुन् ।

पत्रकार तथा पूर्व प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन विष्ट पनि स्वर्गीय विष्टका छोरा हुन् । विष्टको निधन प्रति नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, विष्णु सापकोटा, नेपाल रेडक्रस गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।

आमाको निधनको खबर पाउनासाथ पूर्वमन्त्री विष्टसहित परिवारका सदस्यहरु मंगलबार साँझै यातायातबाट इस्मातर्फ लागेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.