पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्छ : अर्थमन्त्री खतिवडा

रिपोर्ट नेपाल | 2019 Jul 02 | 06:15 pm 64

काठमाडौं, असार १७ : अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् । राजधानीमा आजदेखि सुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तराष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्नेकाे पनि बताए। खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा जोड पनि दिए ।

५० लाखभन्दा बढि युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुको परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा जानकारी नभएको बताए । उनले महिलाहरु पनि वित्तिय कारोवारमा संलग्न हुने क्रम बढ्दै गएकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए । नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ गरेको २ दिने अन्तराष्ट्रिय सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.