पुनः दुई साता लकडाउन गर्न विज्ञको सुझाव

रिपोर्ट नेपाल | 2020 Aug 04 | 03:48 pm 110

काठमाडौं, साउन २०ः कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि थप बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञबीच मंगलबार बालुवाटारमा बसेको बैठकमा पुन: कम्तिमा दुई साताका लागि लकडाउन गर्न विज्ञले सुझाव दिए ।

कोरोना संक्रमण थप भयावह हुन सक्ने चिन्ता व्यक्त गर्दै विज्ञले लकडाउन कम्तिमा पनि दुई साता लामो लकडाउन घोषणा गर्न सुझाएको स्रोतले जनाएको छ ।

लकडाउनका साथसाथै त्यस अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् ।

विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् । विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सुझाव मात्रै नभइ काम पनि गर्नुपर्ने बताएका छन् ।

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.