पाल्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2022 Apr 15 | 07:07 pm 301

पाल्पा, बैशाख २ः पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ । जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ ।

बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ ।  चार जना गम्भीर घाईते भएका छन् । घाइतेहरुलाई उपचारका लागि मिसन अस्पताल तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ । के कारणले बस दुर्घटना भएको भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.