पाकेट मारी भाग्दै गरेका २ जना पाकेटमारहरु पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 21 | 04:59 pm 569

तनहुँ, माघ ८ः जिल्ला भरमा हुने अपराधिक गतिबिधिहरुको निग्रानी बढाई अपराध न्युनिकरण गरिरहेको अवस्थामा मंगलबार दिउसो तनहुँ भानु नगरपालिका १ साजबोटेमा पाकेट मारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रामघाट ७ सर्लाही घर बताउने ५२ वर्षीय हर्क बहादुर तामाङ र आमभञ्ज्याङ १ मकवानपुर घर
बताउने ४७ वर्षीय दोर्जे लामा रहेका छन् ।

तनहुँ भानु नगरपालिका १ का ६१ वर्षीय ओम बहादुर तिरुवाको साथमा रहेको नगद १६ हजार ५० पचास रूपैयां चोरी गरी भाग्दै गरेका उनीहरूलाई चोरी गरेको नगद सहित ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको बताइएकाे छ ।

लागूऔषध गाँजा सहित २ व्यक्ति पक्राउ                                                                                                                  मंगलबार तनहुँ शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारा स्थितमा शंकास्पद अवस्थामा हिडिरहेका उदयपुर जिल्ला रौतामाई गाउँपालिका ३ का १९ वर्षीय बिजय राई र जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका १ का २१ वर्षीय आनन्द केसी रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई उनीहरुले साथमा रहेको झोला तथा शरिर चेकजाँच गर्ने क्रममा निजहरुले झोलाभित्र लुकाई ओसारपसार गर्दै गरेको १ किलो २५० ग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त लागु औषध गाँजा सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट लागु औषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.