पाँच लाख भन्दा बढी मुल्यको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

| 2021 Sep 13 | 06:36 pm 213

पर्सा, भदाै २८ः जिल्लाको वीरगंज महानगरापलिका २ भगुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ८० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ जब्दीस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।बरामद लत्ताकपडा भन्सार कार्यालय सर्लाहीमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

लुकाई छिपाई राखेको उक्त लत्ताकपडा कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट बरामद गरीएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.