पहिले सुरक्षाको स्कटिङमा आउने जाने गरेका मन्त्रीले स्कटिङ पाएनन्

रिपोर्ट नेपाल | 2019 Sep 10 | 09:24 pm 49

  • तिलाचन पाण्डे

गुल्मी, भदौ २४ः जिल्लामा आउँदा प्रत्येक पटक सुरक्षाको स्कटिङमा आउने गरेका प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले मगंलबार जिल्लामा नेत्र ज्योती संघको प्रदेश स्तरको अबिधेशनको उदघाटन गर्न आउँदा र जाँदा सुरक्षाको स्कटिङ पाएनन् ।

यस पहिले जिल्लाका बिभिन्न कार्यक्रमहरुमा आउँदा केन्द्रकै मन्त्री सरह सुरक्षाको स्कटिङमा आउने गरेका मन्त्री बराल मगंलबार प्रदेश सरकारको गाडीमा राष्ट्रिय झण्डा फहराउदै सुरक्षाको स्कटिङ बिनानै जिल्लामा आए र कार्यक्रमको उदघाटन गर्दै सफलताको भब्य शुभकामना दिदै आर्थिक अभाबमा नागरिकले उपचार पाएनौ भन्ने अबस्थाको अन्त्य गर्ने प्रदेश सरकारको योजना रहेको भन्दै रुपन्देही फिर्ता भए ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा समितिका प्रमुख यदुनाथ पौडेलले जिल्लामा सुरक्षाको अबस्थालाई मजबुत बनाइएको र सुरक्षामा कुनै समस्या नभएको दाबी गरे । प्रसंग प्रदेशका सामाजिक बिकास मन्त्री जिल्ला आउँदाको रहेकोमा यसको जिम्मा जिल्ला प्रहरीको रहने स्कटिङ गर्ने पर्ने अबस्था नरहेको भन्दै जिल्लाको सुरक्षा अबस्थालाई मजबुत बनाइएको बताए ।

यता जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एबं प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले केन्द्रीय स्तरको मन्त्री जिल्लामा आउँदा र प्रदेशको मुख्य मन्त्री आउदा सुरक्षाको स्कटिङ रहने दाबी गर्दै प्रदेशका मन्त्रीहरुलाई सुरक्षाको स्कटिङन नहुने बताए । सोमबार मात्रै जिल्ला प्रहरी कार्यलय गुल्मीमा प्रहरी प्रमुखको रुपमा आएका खडकाले सो बताएका हुन् ।

सुरक्षा दिने दायित्व उहाँहरु कै होः आन्तरिक मामिला तथा कानुन मन्त्रालय
यता प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकिय सचिब पवन कुमार कुँवरले जिल्लामा जाँदा सुरक्षा दिने र स्कटिङ गर्ने जिम्मा जिल्ला सुरक्षाको भएको दाबी गरे । उनले मन्त्रीहरु जिल्लामा जाँदा कानुन मन्त्रालयमा जानकारी गराउने गरेको र सोही अनुसार सुरक्षा हुने गरेको बताउदै मन्त्रीहरुलाई सुरक्षा दिने जिल्ला सुरक्षा समितिको कर्तब्य र दायित्व भित्र पर्ने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.