पहिराले घर पुरिँदा स्याङ्जामा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jun 28 | 11:14 am 26

स्याङ्जा, असार १४ः लगातारको बर्षाका कारण गएराती पहिरो खसेर घर पुरिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका ९ साङलियका यमबहादुर बिक रहेका छन् । उक्त पहिरोमा परी फुलमाया बिक गम्भीर घाइते भएकी छन् । उनलाई उपचारको पाल्पा पठाइएको वडा अध्यक्ष हरि खनालले जानकारी दिए ।

गएराती करिब २ बजे पहिरो गएको र पहिरो गए लगत्तै गाउँलेले उद्वारगरी गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए ।

मृतकका शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको अध्यक्ष खनालले बताए । घटना स्थलमा प्रहरी जाँदै गरेको उपरीक्षक बिमलराज कडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.