पहिरोमा पुरिएर दार्चुलामा एकै परिवारका दुईको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 29 | 12:34 pm 20

दार्चुला, असार १५ः गएराति पहिरोमा पुरिएर दार्चुलामा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका ४ होपरीका स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र ४ वर्षीय सुसान्त महता रहेका छन् । उनीहरु बाबु–छोरा हुन् ।

जलविद्युतको नहर भत्किएपछि गएको पहिरोमा परी उनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । घाइते हुनेमा सोही परिवारकी चनमति महता रहेकी छिन् । उनी चन्द्र सिंह महताकी श्रीमती हुन् ।

उनको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.