पहिरोका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Jul 31 | 11:43 am 66

उदयपुर, साउन १६ः लगातार परेको कानीका कारण बिहीबार राति आएको पहिरोका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतको चुरियामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

उक्त सडक अबरुद्ध भएपछि मिर्चैया–कटारी सडकमा यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन् ।

इलाका प्रहरी कार्यलय कटारीका डिएसपी हेमन्त भण्डारीले नगरपालिकालाई जानकारी गराई सडक खोल्ने प्रयास गरिरहेको बताए । बेलसोतको चुरेक्षेत्रमा पहिरोको जोखिम बढेको वडाध्यक्ष नवराज पोखरेलले बताए।

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्डसमेत पहिरोको जोखिममा रहेको छ । गत वर्ष कटारी ११ स्थित ठाटीमा पहिरो जाँदा लामो समय सडक अबरुद्ध भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.