पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

| 2020 Jun 29 | 01:15 pm 32

बैतडी, असार १५ः सोमबार बिहान अबिरल परेको वर्षाका कारण पहिरो खसेर महाकाली राजमार्ग अवरुद्ध भएको छ।

गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो। पहिरोले करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याबिन वाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।

सडक भत्किएपछि सवारी साधन आवतजावतमा ठप्प भएको छ। सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ। सडक बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरु गन्तव्यमा पुग्न नसकी आधीबाटोमै अलपत्र परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.