पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड

| 2022 Apr 25 | 07:54 am 209

काठमाडौं, बैशाख १२ः सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तह निर्वाचन २०७९ का लागि आइतबार घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टी शीर्ष नेताहरूले सामूहिक रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

जसपाको घोषणापत्र

संघीयपरिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राईलगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । जसपाले ‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मूल नाराका साथ घोषणापत्र तयार गरेको छ ।

जसपाले ‘भ्रष्टाचारमुक्त बनाऔं, विकास र समृद्धिको अभियान अघि बढाऔं’ भन्ने नारालाई जोड दिँदै स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने विश्वास जसपाको छ ।

जसपाले वडा र पालिका कार्यालयलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवासुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यावहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको गरिएको छ । स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको छ ।

आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ । जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी÷दलित, दुर्गमवासी, महिला, लैंगिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता गरेको छ ।

जसपा अध्यक्ष यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँगाउँमा स्वस्थकर पिउने पानी, फोहोरमैला व्यवस्थापनका विषय र विपद् व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए । त्यस्तै, जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले मास्टर प्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोकतन्त्रलाई जनताको घरदैलोमा पु¥याउने र तल्लो तहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनले बताए । स्थानीय तहको निर्वाचन लोकतन्त्रलाई गाउँ टोलसम्म पु¥याउने अभियान भएको बताउँदै भट्टराईले भने, ‘स्थानीय निर्वाचन ३५ हजार जनप्रतिनिधि निर्वाचित भएर लोकतन्त्रलाई गाउँ, वडा र टोलसम्म पु¥याउने एउटा अभियान हो । त्यसैले यो निर्वाचनमा हाम्रो पार्टीको विचारमा प्रदेश र संघको निर्वाचनभन्दा पनि बढी महत्वपूर्ण छ ।’ उनले आफूहरूले घोषणापत्रमा भ्युटावरको कुरा नगरेको बताए ।

शिक्षा र स्वास्थ्य कसरी सर्वसुलभ बनाउने, निःशुल्क बनाउने, गुणस्तर बनाउने र घरघरमा पु¥याउने भन्नेजस्ता प्राथमिकता आफूहरूको रहेको उनले बताए । भट्टराईले डोजरे विकास भनेर जतासुकै भत्काउँदै हिँड्ने प्रवृत्तिलाई पनि आफूहरूले नयाँ ढंगले लैजाने बताए । त्यसप्रति उनले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘लोकतन्त्रलाई घरदैलोमा पु¥याउने र विकास पनि माथिबाट लाद्ने होइन, तलबाटै ल्याउने हाम्रो मुख्य प्रतिबद्धता छ । हाम्रा प्रतिबद्धता विशिष्ट र नवीन छ ।’ राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.