पशुपतिनगर नाकाबाट तीन किशोरीको उद्दार

रिपोर्ट नेपाल | 2021 Jan 07 | 09:24 am 109

इलाम, पुस २३ः नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५/१६ बर्ष उमेरका तीन किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो ।

शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ ।

काठमाडौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैयाँ तलवमा भारत दार्जिलिङ्गमा काम खोजिदिएको भन्दै काठमाडौबाटै ती महिलाले फोन गरेको र उक्त महिलाले दार्जिलिङ्गका एक ब्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा पठाएको सोधपुछको क्रममा खुलेको ढकालले बताए ।

पशुपतिनगर ल्याएका ति किशोरीलाई लिन भारतबाट सिमानाकामा गाडी आएको भएपनि नाका प्रबेश गर्ने क्रममा शंका लागेर किशोरीलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा परेर उनीहरु भारत जान लागेको पाइएकाले उनीहरुलाई नाकाबाटै उद्धार गरीएको ढकालले बताए उद्धार गरीएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको माइती नेपालले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.