नेपाल बैंक डिल्लीबजार शाखाका पूर्व प्रबन्धक कोइराला पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 30 | 02:35 pm 244

काठमाडौं, पुस १४ : प्रहरीले नेपाल बैंक डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइरालालाई पक्राउ गरेको छ । नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले कोइरालालाई पक्राउ गरिएको जनाइएको छ ।

सोलुखुम्बु सल्यान गाउँपालिका–१ का कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

हाल भक्तपुर सूर्यविनायक–४ बस्दै आएका कोइरालालाई बैंकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेको छ । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कोइरालामाथि छानबिन थालिएको ब्युरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.