काठमाडौँ चैत २५ : नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ । लोकतन्त्रवादी कानुन व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेको घिमिरेको समूहले एमाले निकट विष्णुमणि अधिकारीको टिमलाई पराजित गरेको हो ।
अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा घिमिरे समूहकै अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।
अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । प्यानल नै विजयी भएपछि नेपाल बार परिसरमा घिमिरे समूहले खुसीयाली र अबिरमाला गरेको छ ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार मतदान भएको थियो। मतगणना भने शुक्रबार सकिएको हो