नेपाल तरुण दल पोखराद्वारा पोखरा वृद्दाश्रमलाई हिटर सहयोग

रिपोर्ट नेपाल | 2020 Jan 08 | 10:50 am 104

कास्की, पुस २३ः नेपाली कांग्रेस निकट नेपाल तरुण दल पोखरा महानगर इकाई कमिटीले पोखरा वृद्दाश्रमलाई २ थान हिटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विहवान गुरुङको विशेष उपस्थितिमा महानगर ईकाई अध्यक्ष सागर गुरुङले संयुक्त रुपमा पोखरा वृद्दाश्रमका कार्यवाहक अध्यक्ष कुसुम केशव पराजुलीलाई उक्त हिटर हस्तान्तरण गरेका हुन् ।

समाजमा रहेका हरेक आवश्यकताको पहिचान गरी आवश्यकता र स्रोतको अवस्था मध्यनजर गर्दै हरेक समस्याको समाधानका निम्ति तरुण दल लाग्नु पर्ने केन्द्रीय कोषाध्यक्ष गुरुङले बताए ।

हाम्रो सानो सहयोगले पनि वृद्दाश्रममा रहेका वृद्ध वृद्धा लाई जाडोमा न्यानो होस् भन्ने हेतुले सहयोग गरेको महानगर ईकाई अध्यक्ष गुरुङले जानकारी दिए ।

उक्त सहयोग कार्यक्रममा नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, तरुण नेता सुरज जंग राणा, नेपाल तरुण दल पोखराका उपाध्यक्ष राजन पौड्याल, तरुण दल कास्की उपाध्यक्ष दिपक गुरुङ लगायतले आगामी दिनमा संस्थागत र व्यक्तिगत रुपमा अझै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.