नेपाल ट्रष्ट प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

रिपोर्ट नेपाल | 2020 Feb 26 | 05:33 pm 72

काठमाडौं, फागुन १४: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्बाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका छन् । ट्रष्ट प्रकरणमा मुछिएपछि उनले आफू संलग्न नभएको निर्णयमा नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका हुन् ।

सभापति देउवाले विज्ञप्ती मार्फत, म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ, भनिएको छ ।

विज्ञप्ति यसप्रकार छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.