नेपाली सेनाद्वारा हतियार फेला

| 2022 Apr 15 | 04:51 pm 257

काठमाडाैं, बैशाख २ः ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री देवीबक्स गुल्मबाट अपरेशन महाहण्टमा खटिएका फौज र आरक्ष कार्यालयका कर्मचारीहरुको संयुक्त टोलीले मिति २०७८ चैत २९ गते गरेको खोज तथा तलासीको कारवाहीको दौरान बाग्लुङ्ग र पूर्वी रुकुम जिल्लाको सिमानामा रहेको पुथा उत्तरगंगा गाँउपालिका वडा नं.५ स्थित घुस्तुङ्ग खोलाको झोलुङ्गे पुलमुनि रहेको ओडारमा बोरामा बेरेर राखेको अवस्थामा ७.६२ मि.मि. SLR राईफल नाल-१, सोको म्याग्जिन र ३०३ राईफलको अगाडीको भाग फेला पारी आरक्ष कार्यालयमा बुझाएको छ ।

अपरेशन महाहण्ट अन्तर्गत भईरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.