नेपाली सेनाद्वारा निर्माणाधिन दार्चुला-टिंकर सडक आयोजना सम्बन्धी जानकारी

रिपोर्ट नेपाल | 2022 Apr 29 | 05:57 pm 365

काठमाडाैं, बैशाख १६ः  मिति २०७७ बैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला-टिंकर सडक (कोठेधार-टिंकर खण्ड) को ७५ कि.मी. सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भए अनुरुप मिति २०७७।०१।२८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आ.ब. ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको छ । साथै, मिति २०७८।१०।१७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषारपानी-कोठेधारसम्मको ४ कि.मी. ट्रयाक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई प्रदान भई निर्माण कार्य संचालन भईरहेको छ ।

सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा-तुषारपानी (३ कि.मी) सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्ड मध्ये गल्थै देखि तुषारपानी खोलासम्म १.५ कि.मि. ट्रयाक सडक विभागबाट पुन: खोलिएको थियो । बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडी बढ्न नसकेको हुँदा, नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडक खण्ड निर्माण कार्यमा ढिलाई हुन नदिनको लागि, मिति २०७८/१२/१८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले PC-220 Excavator पुर्‍याएको थियो ।

लक्ष्य बमोजिमको प्रगति हासिल गराउनको निमित्त नेपाली सेनाद्वारा Multiple Approach बाट PC-140 Excavator तथा मध्यम उपकरणहरु तैनाथ गर्न आवश्यक देखिएकोले पूर्व स्वीकृत योजना अनुरुप मिति २०७९/०१/०८ गतेबाट ऐ.११ गतेसम्म MI-17 Helicopter मार्फत ३ गोटा Compressor (तुषारपानी-कोठेधार- २, दुम्लिङ्ग-१) तथा २ गोटा PC-140 Excavator (माल-१, दुम्लिङ्ग-१) ढुवानी गरिएको समेत जानकारी गराईएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.