नेपाली बजारमा सुनको मुल्यले राख्यो नयाँ रेकर्ड

रिपोर्ट नेपाल | 2020 Jan 08 | 02:41 pm 228

काठमाडौं, पुस २३ः बुधबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । मंगलबार ५ सय रुपैंयाले घटेको सुन बुधबार फेरी १ हजारले बढ्दै प्रतितोला ७६ हजार ५ सय रुपैंया कायम भएको हो ।

नेपालको इतिहासमा यो मुल्य अहिले सम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।

सुनको मूल्यमा आएको अत्याधिक वृद्धिका कारण कारोबारमा कमि आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँ पुगेको छ । इरान र अमेरिकाबीच युद्ध हुन सक्ने खतराका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु सुन सञ्चय गर्नेतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।

सुनलाई सबैभन्दा सुरक्षित लगानी ठान्दै लगानीकर्ताहरु यतातर्फ मोडिंदा भाउ अचाक्ली बढेको महासंघको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.