नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 19 | 04:45 pm 83

काठमाडाैं, कात्तिक ३ः साेमबार नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ  संक्रमित थप भएका हुन् ।  याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.