नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 15 | 05:05 pm 61

काठमाडाैं, असाेज २९ः बिहीबार नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षाणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.