नेपालमा थप ३ सय १५ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 01 | 04:55 pm 66

काठमाडौं, साउन १७ः शनिबार नेपालमा थप ३ सय १५ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ।

शनिबार ९३ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ५ सय ९२ जना निको भएर घर फर्किसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.