नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Nov 20 | 04:35 pm 45

काठमाडौं, मंसिर ५: शुक्रबार नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। याेसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ।

आज देशभर ५ हजार ३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९१ हजार २ पुगेकाे छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.