नेपालमा थप १ हजार १ सय ७० जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 14 | 04:48 pm 48

काठमाडौं, भदाै २९: साेमबार देशभर थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।

२४ घण्टामा थप ८ सय ७९  जना कोरोना संक्रमण मुक्त भएका छन्।  कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.