नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 06 | 04:48 pm 74

काठमाडौं, असार २२ः सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उल्लेखित व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार १ सय ८० जनामा मात्र कोरोना संक्रमित पुष्टि भएको जनाएका छन् ।

मन्त्रालयका अनुसार सोमबार २ सय ६४ डिस्चार्ज भएसँगै आजसम्म घर फर्किनेको संख्या ६ हजार ८ सय ११ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.