नेपालमा आईफा अवार्ड गर्ने निर्णयबाट पछि हट्यो सरकार

रिपोर्ट नेपाल | 2019 Jul 03 | 02:00 pm 28

काठमाडौं, असार १८ :  अन्तत: भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले काठमाडौंमा आईफा अवार्ड नहुने लगभग पक्काकपक्की भएको बताएका हुन् ।

उनले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारे । ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.