नेपालद्वारा सिंगापुर २ सय १७ रनले पराजित

रिपोर्ट नेपाल | 2019 Jul 05 | 03:04 pm 90

काठमाडौं, असार २० : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकलेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । फराकिलो जितसँगै नेपाल समुह ए को विजेता बनेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो लक्ष्य पछ्याएको सिंगापुरले ३९ ओभर १ बलमा पूरै विकेट गुमाउँदै मात्र १०९ रन बनायो । सिंगापुरका लागि हरी कुकर्जाले सर्वाधिक ३० रन बनाए । त्यस्तै कान्नुसले २४ रन र चन्द्रमुली श्रीदेवले २३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक राजभण्डारीले दुई विकेट लिँदा रसिद खान र सागर ढकालले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले शतकीय पारी खेलेका थिए । उनले १३७ बलमा १० चौका र १ छक्काको प्रहार गर्दै ११५ रन बनाएका थिए ।

त्यस्तै खड्क बोहोरा र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । बोहोराले ९० रन। कुशलले ५१, पवन शर्राफले ४५ रन र कप्तान रोहित कुमार पौडेल भने ७ रन जोडेका थिए ।

बलिङतर्फ सिंगापुरका लागि पर्नभ कृष्ण र भिनित मेहेतले समान दुई–दुई विकेट लिए । सिंगापुरमाथि शानदार जित निकालेपछि नेपाल समूह विजेता बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.