नेपालगञ्जमा श्रीमानकाे कुटाइबाट एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 11 | 02:21 pm 55

बाँके, असार २६:  नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा श्रीमानकाे कुटाइबाट एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा   ३६ वर्षीया ललिताकुमारी लोध रहेको प्रहरीले जनाएकाे छ ।

कुटाइबाट श्रीमतीकाे मृत्यु भएपिछ  श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

ललितालाई जीवित रहेको अनुमानमा शिक्षण अस्पताल नेपालगञ्ज पुर्याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए । सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताए । मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.