नेतृ आङ सान सुकी म्यानमारको सेनाद्वारा पक्राउ

| 2021 Feb 01 | 08:50 am 445

एजेन्सी, माघ १९ः म्यानमारको सेनाले नेतृ आङ सान सुकीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउन गरेको हो ।

सेनाले  सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको संचारमध्यमहरुले जनाएको छ । केहि समयदेखि म्यानमारमा सेनाले कू गर्न सक्ने बताइएको थियो ।

नियन्त्रणपछि राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका सडकमा सेनाहरू गस्तीमा निस्किएका छन्, भने  टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको बीबीसीले जनाएको छ ।

सुकीको  नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी)पार्टीले  सरकार बनाउन पुग्ने बहुमत ल्याए पछि सेनाले  उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।  तर म्यानमारको निर्वाचन आयोगले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.