नेकपाको सचिवालय बैठक सकियाे महरालाई दुबै पदबाट राजिनामा दिन निर्देशन

रिपोर्ट नेपाल | 2019 Oct 01 | 01:01 pm 165

काठमाडौं, असाेज १४: सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभा सदस्य र सभामुख दुवै पदबाट राजिनामा दिन निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सभामुख महराले गम्भीर आरोप लागिसकेको अवस्थामा सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिएर अनुसन्धान र छानविनमा सघाउनुपर्छ भन्‍ने निचोड नेकपा सचिवालय बैठकले निकालेको छ।

संसद सचिवालयमै कार्यरत एकजना महिला कर्मचारीले आफ्नै कोठामा आएर महराले यौन दुर्व्यवहार गरेको आरोप सोमबार लगाएकी थिइन्। उक्त आरोपसहितको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि महरामाथि नैतिक संकट परेको थियो।

कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.