नेकपाको बैठक अब शनिबार मात्रै बस्ने

| 2020 Dec 02 | 03:10 pm 96

काठमाडौँ मंसिर १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका बिषयमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् ।

आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.