नेकपाका अध्यक्ष दाहाललाई पितृशोक

| 2019 Sep 11 | 11:41 am 84

चितवन, भदाै २५: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको निधन भएको हाे ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहेका दाहाल चितवनमा कास्कीबाट २०१९ मा बसाइँ सरेर आएका थिए ।

उनकाे आफ्नै निवास भरतपुर महानगरपालिका वडा नम्बर ७ गौतमचोकमा मंगलबार राति निधन भएको थियाे । दाहाल २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका चार छोरा र दुई छोरी छन् । दाहालको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने भएका छन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.