नृत्यको महासंग्राम (डिआईडि) का सल्लाहकार केशव परीयारद्धारा सहयागको घोषणा

रिपोर्ट नेपाल | 2019 Nov 22 | 04:39 pm 129

  • बिष्णुकुमार देवकोटा

दाङ, मंसीर ६: राष्ट्रव्यापी नृत्य विद्याको महासंग्राम (डिआईडिड)को प्रमुख सल्लाहकार केशव परीयारले कार्यक्रमलाई भव्य र सभ्य रुपले सुसम्पन्न गर्नका लागि विभिन्न सहयोगको घोषणा गरेका छन् ।

नृत्य विद्याको सफल कार्यक्रम डान्स आईकन नेपाल (डआईडि)को सुरुवाति चरणबाट प्रमुख सल्लाहकारको हैसियतमा आर्थीक, भौतिक तथा नैतिक सहयोग गर्दै आएका हुन् ।

परियारले तेश्रो संस्करण सीजन ३ का लागि मेगा राउण्ड देखि फाईनल राउण्ड सम्मका लगि सभागृह (भेनु), केन्द्रीय कलाकारहरु (जज) संगको समन्वय र यातायात क्षेत्रबाट पुर्ण सहयोग गर्नै परियारले घोषणा गरेको डि टेन इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष एवं (डिआईडि) का प्रमुख कार्यकारी निर्देशक बिष्णुकुमार देवकोटाले जानकारी दिए ।

जिल्लाको कला क्षेत्रको उत्थान, विकास र प्रचारप्रसारमा गहीरो रुचि राख्ने परियार स्वयं पनि कलाकार हुन् ।

परीयार सेवा समाजका केन्द्रीय सदस्य एवं दलित युवा अभियन्ता तथा पाण्डवेश्वरी यातायात प्रा.लिका वरिष्ठ उपाध्यक्ष समेत रहेएका परीयार समाजसेवाको क्षेत्रमा सकृय छन् ।

सफल यातायात व्यवसायीको छवि बनाएका परियारले भने –“कुनै बेला दलित समुदायको धरोहर रहेको कला क्षेत्रलाई उच्चतम बिन्दुसम्म पुर्याउन म (डिआईडि) संग जोडिएको हुँ ” ।

डान्स आइकन दाङमा विभिन्न टाईटल बिजेताहरु नेपालकै ठूलो टिभी रियालिटी सो छमछमिमा आफ्नो प्रतिभाहरु देखाई सकेका छन् ।

“नृत्यको महासंग्राम (डिआईडि)मा भाग लिएका भाई बहिनिहरु देशकै सर्वाधिक सफल कार्यक्रमहरुमा आफ्नो जबर्जस्त उपस्थिती देखाई सकेका छन् । (डिआईडि) एक सफल कार्यक्रम भएका कारण मैले सहयोग गर्नै निर्णय गरेको हुँ” । परीयारको कथन छ ।

दाङबाट संचालन हुने सर्बाधिक धनराशीको नृत्य विद्याको प्रतिस्पर्धात्मक नृत्यको महासंग्रामका अघिल्ला दुई संस्करणहरु सर्बाधिक सफल कार्यक्रम मानिन्छन् ।

दाङलाई अधार बनाएर अनलाईन संस्करण मार्फत देशैभरी र स्थलगतरुपमा प्रदेश नं ५ भरीका जिल्लाहरुमा अडिसन लिई संग्रामको तयारी गरीएको आयोजकले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.