काठमाडौँ चैत ३०: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाईएको छ।
महामन्त्री गगन थापा संयोजकत्वमा कांग्रेसले घोषणा पत्र बनाइरहेको छ। विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर घोषणा पत्र निर्माण गर्ने काम भइरहेको पौडेलले बताए । कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तय गरेको छ।