निर्मला पन्तको हत्याको बिषयमा बनेको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2019 Dec 22 | 04:02 pm 132

काठमाडौं, पुस ६ :  बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । शिवम् अधिकारीको निर्देशन रहेको फिल्ममा निर्मलाको हत्याको घटनापछि भएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक अवस्था कथा बनाइएको छ ।

सार्वजनिक ट्रेलरमा निर्मलकी आमा दुर्गादेवी पन्तको भनाई पनि समेटिएको छ । छोरीको हत्या गर्ने दोषी प्रहरीले पक्राउ गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो छोरीमाथि भएको घृणित कार्य अरुमाथि हुनबाट रोक्न फिल्म ‘कोपिला’ले महत्वपुर्ण भूमिका खेल्ने आश व्यक्त गरेकी छन् । ‘कोपिला’ मा निर्मलको भूमिका सन्जिवनी खरेलले निर्वाह गरेकी छन् ।

फिल्ममा सरिता गिरीले आमा र गणेश गिरीले पिताको भूमिका निर्वाह गरेका छन् । फिल्ममा ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । रामेश्वर कार्कीको छाँयाकन र दीपक शर्माको संगीत रहेको फिल्मको प्रदर्शन मिति समेत तोकिएको छैन । चितवन आसपासमा छायाँकन भएको फिल्म गणेश गिरीको प्रस्तुतिमा मणिराज गौतमले बनाएका हुन् । फिल्मलाई नयाँ बर्षमा प्रदर्शनमा आउने निर्माता गिरीले बताए ।

भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.