निर्मला पन्तको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका एसपी डिल्लीराज विष्टसहित ८ जना सफाइ

रिपोर्ट नेपाल | 2020 Jul 30 | 04:47 pm 90

कञ्चनपुर, साउन १५ः बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

सफाइ पाउनेमा दिल्लीराज विष्टसहित निलम्बित डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल रहेका छन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।

यस्तै, घटनामा संलग्न भएको आशंकामा प्रहरी हिरासतमा रहेका बेला दिलीप सिंह विष्टमाथि यातना दिएको भन्ने अभियोग पनि पुष्टि भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.