निर्मलाको हत्यारा सार्बजनिक गर्न प्रधानमन्त्रीको निर्देशन

| 2021 Feb 22 | 05:25 pm 445

धनगढी फागुन १० : लामो समय बालुवाटार बाट राज्यसत्ता संचालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी पुगेर बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रहरीलाई निर्देशन दिएका छन् । बर्षो देखि औद्योगिक क्षेत्र निर्माणका लागि आवाज उठाउदै आएका स्थानिय व्यवसाहिको मागबमोजिम दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्‍चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दाबी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

भागरथीको विभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे पनि खोज अनुसन्धानमा सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्न प्रहरी अधिकृतलाई बिशेष निर्देशन दिएका थिए।

कसैले कुनै प्रकारको दबाब दियो र गलत बाटो हिडाउन खोज्यो भने त्यो गलत बाटो हिड्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्रीको भनाइ रहेको थियो । उनले अगाडि थपे, ‘समाजमा शान्ती सुरक्षा कायम गर्ने, पीडकलाई दण्ड दिने र पीडितलाई न्याय दिने काम राज्यको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.