नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 03 | 01:56 pm 41

 धनुषा, असोज १६: जनकपुर उपमहानगरपालिका-४ जनक चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट ९ पिस सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-३ का २० वर्षीय प्रबिण कुमार यादब, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् ।

प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले स.१० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.