निकारागुआमाथि अर्जेन्टिनाकाे शानदार जित

रिपोर्ट नेपाल | 2019 Jun 08 | 08:39 am 83

एजेन्सी, जेठ २५ : कोपा अमेरिकाको तयारीमा रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआमाथि शानदार जित निकालेकाे छ । नेपाली समय अनुसार शनिबार बिहान भएकाे खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हाे ।

अर्जेन्टिनालाई शानदार जित दिलाउनकाे लागि कप्तान लिओनेल मेसी र लौतारो मार्टिनेजले समान २/२ गाेल गरे भने रोबर्टो परेराले एक गाेल गरे ।

खेल शुरू भएकाे ३७ औं मिनेटमा मेस्सीले गाेल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । जिओभानी लो सेल्सोको पासमा गाेग गरेका थिए । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपे । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले गोल गरेका थिए ।

पहिलाे हाफमा २ गाेलकाे अग्रता लिएकाे अर्जेन्टिनाले दाेस्राे हाफमा ३ गाेल थपे भने निकारागुआ एक गाेल फर्कायाे । दोस्रो हाफमा मैदान छिरेकाे मार्टिनेजले ६३ औं मिनेटमा गाेल गर्दै ३-० काे अग्रता बनाए । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेर अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए ।

८१ औं मिनेटमा रोबर्टो गाेल गर्दै अर्जेन्टिनालाई ५-० काे अग्रता दिलाए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकारागुआले पेनाल्टीमा गोल फर्कायो । डिफेन्डर निकोलस ओटामेन्डीले ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी बरेराले सदुपयोग गर्दै सान्त्वना गोल गरे ।

अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल जुन १५ मा कोलोम्बियाविरुद्ध खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.