नायक विराज र निर्माण नियन्त्रक शंकरबीच रेस्टुरेन्टमै कुटाकुट

रिपोर्ट नेपाल | 2019 Apr 23 | 02:43 pm 85

काठमाडौं, वैशाख १० :  अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएको छ । सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो ।

फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् । ‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो । यो फिल्म निर्माणका लागि विराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै पुसमा प्रोडक्शन डिजाइनरको रुपमा सम्झौता गरेका थिए । तर, अहिलेसम्म सुरु हुन सकेको छैन ।

सोमबार पनि क्याफेमा विराजले पाण्डेलाई फिल्म सुरु गर्ने विषयमा छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए ।

पाण्डेको जवाफ सुनेपछि विराजले पैसा फिर्ता मागेका थिए । तर, पाण्डेले आफूले ४ महिनाभन्दा बढी समयदेखि यो चलचित्रमा काममा हिँडेकोले पैसा फिर्ता दिन नसक्ने जवाफ दिए पछि विराजले पाण्डेलाई हात हालेका थिए । भट्टले हिर्काएपछि पाण्डे भूइँमा लडेका थिए ।

पाण्डे उक्त क्याफेमा चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेसँगै गएका थिए । केशव भने अर्काे कुनामा बसेका थिए । विराजले शंकरलाई कुटेपछि केशवले विराज भएको ठाउँमा पुगेर हात समातेका थिए । केसवले हात समातेपछि शंकरले पनि विराजलाई केही मुक्का हिर्काएका थिए ।

दुबैबीच हात हालहाल भएपछि क्याफेका मालिकले दुबैलाई क्याफेबाट निस्कन अनुरोध गरेका थिए । यस विषयमा शंकर र विराज दुवैसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीहरु दुवैको मोवाइल अफ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.