नाकाबाट २९ लाख अवैध रकमसहित एक भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 06 | 05:02 pm 46

धनगढी, भदौ २० : कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित एक भारतीय नागरिकलाई भन्सार नाकामै पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।

यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव परीक्षक दक्षकुमार वस्नेतले जानकारी दिएका छन् ।

विषेश सूचनाका आधारमा गाडीमा लुकाएको रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बर्मासँग ६ वटा विभिन्न बैंकका एटिएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । घटना शंकास्पद रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.