काठमाडौं फागुन ९: बिगतमा गुणस्तरीय सेवा दिदै आएको अन्तरास्ट्रिय स्तरको नर्भिक इन्टरनेशनल अस्पतालले थप स्तरीय सेवा दिने जनाएको छ। जसअनुसार अस्पतालले विश्वस्तरीय सेवा अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरि गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुनर्निमाण गरी अझ स्तरीय र आधुनिक बनाई गुणस्तरीय सेवा सुचारु गरेको बताएको हो ।
अस्पतालका सञ्चालक प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताएका हुन् । अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटालाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिए । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने झन्झटलाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत पत्रकार सम्मेलनमा बताइएको थियो। यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि संचालक गौतमले पत्रकार समक्ष जानकारी गराए ।
नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ । नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटालाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले उक्त्त सम्मेलनमा बताए ।