नयाँ अधिकृतलाई बरियारपट्टी गाउँपालिकामा अध्यक्षद्वारा स्वागत

| 2020 Sep 15 | 02:48 pm 697

  • महेश सिंह

सिरहा, भदौ ३०ः सिरहाको दक्षिण भेगमा रहेको बरियारपट्टी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत रंजीत जंग अधिकारीलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोद्वारा स्वागत गरी स्थानीयसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

अधिकृत अधिकारी आउने बित्तिकै गाउँपालिकामा राम्रो र लोकप्रिय अधिकृत गाउँपालिकामा काम गर्न आउँदा कर्मचारी लगायत स्थानीयहरु खुशी भएका छन्।

केही बर्ष अगाडि सिरहाको लहान ईलाका प्रशासन कार्यालय लहानमा हुँदा निकै लोक प्रिय भएर गएका अधिकारी सयौं प्रमुख प्रशासकिय अधिकृत मध्ये प्रशासनिकमा राम्रो र जुझारु अधिकृत मध्येमा एक हुन ।

उक्त कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टीमा आवद्ध राजनीतिकर्मी, समाजसेवी लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुद्वारा अधिकृत अधिकारीको भव्य स्वागत गरेका थिए ।

लहान नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालय लहानमा कार्यरत रही सेवा गर्दै आएका रंजीत अधिकारी सरुवा भई सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महतोले भने नयाँ अधिकृत अनुभवी एवं प्रशासनिकमा राम्रो अनुभव बटल्नु भएका अधिकृत गाउँपालिकामा आउँदा बिकास निर्माणको काम गर्न सहज हुन्छ उनले बताए ।

आव ०७६र७७ सालमा उपभोक्ता समितिद्वारा गरिएको अधिकांश बिकास निर्माणका कार्य सम्पन्न भएपनी भुक्तानी पाउन नसकेपछि नयाँ अधिकृत अधिकारीको हाजिरीले उपभोक्ता समितिका सदस्यहरु हर्षित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.