नदिजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रण

| 2020 Oct 15 | 09:24 pm 52

तनहुँ, असोज २९ः बिहीबार तनहुँ व्यास नगरपालिका ५ मादी पुल नजिक ३ सय मिटर पश्चिम तर्फको बगरबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा पाँच वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस कार्यालयबाट डियूटी खटिएका प्रहरीले ग १ त ४०१०, ग १ त ५९९७, को २ त ६९८७, ग १ त ६०४७ र ग १ त २९८१ नं. को ट्याक्टरहरुलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालय तनहुँमा पठाइएको प्रहरीले बताएको छ ।

त्यसैगरी सार्वजनिक अपराध मुद्धामा फरार अभियुक्तलाई प्रहरीले ५ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका २ का रबिन्द्र अमगाई रहेका छन् ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा सार्बजनिक अपराध मुद्दामा फरार रहेका अमगाईलाई प्रशासन कार्यालय तनहुँको मिति २०७२ पुस १९ गतेको फैसलाले उनी उपर ३ हजार जरिवाना हुने गरी फैसला ठहर भएको थियो ।

उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका रबिन्द्र अमगाईको खोजतलास गर्ने क्रममा २०७७ असोज २९ गते दिउसो ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले घरमै फेला पारी तोकिएको जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.