महोत्तरी, माघ २५ः जिल्लाको भंगाहा नगरपालिकाको आयोजनामा यही माघ १७ गतेदेखी २४ गतेसम्म उच्च माबि भंगाहा सितापुर, सिद्धपुर खेलमैदानमा संचालन भएको नक आउट मेयर गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लवको पुरुष फुटबल टिम विजयी भएको छ ।
हिजाे शिनबार भएको त्रिभुवन आर्मी फुटबल क्लव र सशस्त्र प्रहरीबीच भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लव २/१ गोलले विजयी भई नगद पुरस्कार ५ लाख तथा ट्रफी प्राप्त गरे ।
उक्त खेलमा त्रिभुवन आर्मी क्लबका बिमल पाण्डे म्यान अफ दि म्याच घाेषित भई नगद पुरस्कार ५ हजार तथा ट्रफी समेत प्राप्त गरेका थिए ।