धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खोल्यो

रिपोर्ट नेपाल | 2019 Mar 24 | 06:41 pm 27

काठमाडौँ, १० चैत :  नेपाल धितोपत्र बोर्डमा ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ । पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे मागको सुनुवाई नभएको भन्दै सेयर लगानीकर्ता दबाब समूहले बोर्डमा तालाबन्दी गरेर धर्नामा बसेका थिए ।

प्रहरीले सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई लाठी चार्ज गरेर तितरबितर पारेपछि उनीहरुले लगाएको ताला पनि प्रहरीले खुलाएको छ । लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भए पछि प्रहरीको मद्दत लिएको बोर्डले बताएको छ ।

शनिबार प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका दबाब समूह आजबाट कडा आन्दोलनमा उत्रिएको हो । उनिहरुले यसअघि बोर्डका अध्यक्ष डा. रेवत कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेर्ने कार्यक्रम घोषणा गरेकोमा सो परिवर्तन गरि बोर्डको कार्यालयमा तालाबन्दी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.